२०७७ असार २५ , बिहिवार

ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला ७३ हजारमा कारोबार

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७३ हजार ३ सय पुगेको छ। यस अघि विहीबार सुनको मूल्य ७२ हजार २ सय रहेको थियो। त्यसैगरी तेजावी सुन आज प्रतितोला ७३ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला ८ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Share this news: