२०७७ असार २२ , सोमवार

कैलाश सहकारी नवौं वर्षमा प्रवेश

अन्तर्वार्ता

सुनाखरी न्युज/ पोखरा – कैलाश बचत तथा ऋण सहकारी संस्था लि, पोखरा नवौं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा संस्थाले तीनदिने विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । पहिलो दिन बिहीबार संस्थाको कार्यालय, चिप्लेढुंगा परिसरमा सरसफाइ गरियो भने साँझ दीप प्रज्ज्वलन गरी केक काटिएको थियो । संस्थाका संचालक समिति, उपसमिति, शेयर सदस्य एवं कर्मचारीको उपस्थितिमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नवीनराज पौडेलले द्वीप प्रज्ज्वलन गरी कार्यक्रम उद््घाटन गरेका थिए । संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खडानन्द अधिकारी र संचालन सचिव विनोदराज ढकालले गरेका थिए ।

 

बाँकी २ दिन सहकारीका ५५ शेयर सदस्यीय टोली चितवन, नवलपुर र रुपन्देहीको अवलोकन भ्रमणमा निस्कने भएको छ । जसमा १२ जना महिला सदस्य छन् । पोखराबाट सुरु हुने अवलोकन भ्रमण चितवनका सहकारीहरुको अवलोकन गर्दै लुम्बिनी पुगेर फर्किने कार्यक्रम रहेको सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । संस्थाले शेयर सदस्य मध्यनजर गरी करिब १ करोड ८० लाख रुपैयाँ लगानीमा फोटोफ्रेम तथा कलर ल्याब, फ्लेक्स प्रिन्ट संचालनमा ल्याएको छ ।

 

सो उद्योगमा ३० जना रोजगाररत् छन् । फोटोग्राफरद्वारा २०६८ साल पुस ३ मा स्थापित सो सहकारीमा हाल १ सय ८७ जना शेयर सदस्य छन् । कुल शेयर पुँजी २ करोड ८२ लाख रहेकोमा बचत ५ करोड १५ लाख र ऋण लगानी ५ करोड २० लाख रुपैयाँ रहेको छ ।

Share this news: