२०७७ असार २९ , सोमवार

प्रभु बैंकले जारी गरेको डिबेञ्चर बाँडफाँड

उर्जा

सुनाखरी न्युज/ काठमाडौं – प्रभु बैंक लि ले रु १,०००अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५% प्रतिशतका दरले अर्धवार्षिक रुपमाब्याज भुक्तानी हुने गरी जारी गरेको रु १ अर्ब बराबरको “१०.२५%प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र (Debenture)मिति २०७६/०७/२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा आज मिति २०७६/०७/२९ मा बाँडफाँड गरिएको छ । न्यनुतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागिआवेदनगर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाई ICRA-NEPAL ले न्युन कर्जा जोखिमICRA-NEPAL LBBB रेटिङ्ग प्रदान गरेको थियो ।

 

प्रभु बैंकले ४० करोडरुपैयाँ बराबरको ४० लाखकित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यम बाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीकालागि छिटोमा मिति२०७६/०७/२५ र ढिलोमा मिति २०७६/०८/२० माबन्दहुने गरी मिति २०७६/०७/२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा विक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद गरिदिनु भएकोमा सम्पूर्ण डिबेञ्चर धनी महानुभावहरु लाई प्रभु बैंक हार्दिक आभार प्रकट गर्दछ ।

Share this news: