२०७७ असार २५ , बिहिवार

वामदेवको कास्कीबाट उपनिर्वाचन नलड्ने घोषणा

bamdev-gautam-1

सुनाखरी न्युज/

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्कीबाट उपनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार बसेको नेकपा सचिवाल बैठकमा नेता गौतमले कास्कीबाट उपचुनावमा उम्मेदवारी नदिने जानकारी गराएका हुन् ।

कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा गौतम लड्ने चर्चा चलेको थियो । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।

Share this news: