२०७६ चैत्र २० , बिहिवार

नेपाल–भारत उद्योग वाणिज्य संघ कार्यसमिति र नव–नियुक्त भारतीय राजदूत क्वात्रावीच शिष्टाचार

अर्थ

3. PHOTO-2020-03-20-12-21-42

नेपाल–भारत उद्योग वाणिज्य संघ कार्यसमिति र नव–नियुक्त भारतीय राजदूत क्वात्रावीच शिष्टाचार

 

सुनाखरी न्युज/
काठमाडौं-

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएकोे कार्यसमिति सदस्य टोलीले नेपालका लागी नव–नियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रासंग भारतीय राजदूतावास, लैनचौरमा औपचारिक शिष्टाचार भेट गरेको छ ।

शुक्रबार भएको भेटघाटको क्रममा संघले गरेका कार्यहरु लगायत आगामी दिनहरुमा गर्ने कार्यहरु तथा नेपाल–भारत ब्यापार तथा लगानीका क्षेत्रमा रहेका बिभिन्न पक्षहरुको वारेमा छलफल भयो ।

भेटघाटका अवसरमा संघका अध्यक्ष सृजना राणाले नव–नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रालाई नेपालमा स्वागत गर्नुभयो । उक्त अवसरमा अध्यक्ष राणाले नेपाल–भारत द्विपक्षीय ब्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले बिगत २५ बर्ष देखि योगदान दिंदै आएको धारणा राख्दै अवका दिनमा पनि संघ नेपाल–भारत ब्यापार तथा लगानी बिकासको क्षेत्रमा सक्रिय नै रहने धारणा राख्दै संघका आगामी गतिविधीहरु भारतीय राजदूत लगायत भारतीय राजदूतावासको सक्रिय सहयोगको लागी पनि अनुरोध गर्नुभयो ।

अध्यक्ष राणाले दोश्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको तथा प्रत्येक दुई दुई बर्षमा नेपाल र भारतले आलोपालो गरी नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको जानकारी गराउंदै यो बर्ष भारतमा हुने संयुक्त कार्यदलको बैठकका लागि भारतीय राजदूतावासको सक्रिय सहयोगको लागी अध्यक्ष सृजना राणाले अनुरोध गर्नुभयो ।

उक्त अवसरमा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले संघले अबका दिनहरुमा नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरशीप समिट), काठमाडौं–कोलकाता मञ्च (के टू के फोरम), भारतको नयां दिल्लीमा एउटा इनोभेसन हाउसको स्थापना गर्ने जस्को माध्यमबाट नेपालका नव उद्यमी (स्टार्टअप) हरुको लागी लगानीकर्तासंग समन्वय गर्न सघाउने एवं भारतीय लगानी नेपालमा भिœयाउने कार्यक्रम लगायतका कार्यक्रमहरु गर्ने योजना बनाए बमोजिम संघले कार्य गर्दै गरेको र उक्त कार्यहरुमा राजदूतावासको सहयोग आवश्यक रहने अनुरोध पनि शिष्टाचार भेटको क्रममा गर्नुुभयो ।

नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीसंगको शिष्टाचार भेटघाटका क्रममा महामहिम भारतीय राजदूत क्वात्राले नेपाल–भारत उद्योग वाणिज्य संघले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै नेपाल–भारत दुई पक्षीय ब्यापार तथा लगानी प्रबद्र्धनको क्षेत्रमा संघले गर्ने कार्यहरुमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर रहेको कुरा जानकारी दिनुभयो ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष राणाको नेतृत्वमा गएको शिष्टाचार भेटघाट प्रतिनिधि मण्डलमा संघका निम्न सदस्यहरु तथा राजदूतावासको तर्फवाट कपिध्वज प्रताप सिंह, द्वितीय सचिव (बाणिज्य)को सहभागिता रहेको थियो ।

भेटवार्तामा सहभागीहरुः

श्रीमती सृजना राणा अध्यक्ष
श्री सौर्य राणा निवर्तमान अध्यक्ष
श्री सुनिल केसी उपाध्यक्ष
श्री सैवाल घोष उपाध्यक्ष
श्री आर बि रौनियार महासचिव
श्री ज्ञानेन्द्र लाल प्रधान कोषाध्यक्ष
श्री अभिमन्यु पोड्डार कार्यसमिति सदस्य
श्री हेमराज ढकाल कार्यसमिति सदस्य
श्री करण चौधरी कार्यसमिति सदस्य
श्री सन्दिप अग्रवाल गाडिया कार्यसमिति सदस्य
श्री सौरभ ज्योति कार्यसमिति सदस्य
श्री सुधीर मित्तल कार्यसमिति सदस्य
श्री केशवमान सिंह निर्देशक
श्री मार्शल राठौर अधिकृत
श्रीमती लुजा माथेमा कन्सल्टेण्ट

 

Share this news: