२०८० चैत्र ६ , मंगलबार

हिरोको आधिकारिक वितरकमा सिजी मोटर्स नियुक्त , चौधरी ग्रुप आधिकारीक ड्रिष्टीब्यूटर

hero

सुनाखरी न्युज / काठमाडौं ।

हिरो मोटोकर्पले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपलाई नियुक्त गरेको जनाएको हो ।लामो रस्साकस्सीपछि चौधरी ग्रुप नेपालका लागि हिरो मोटरकर्पको आधिकारिक बिक्रेता बनेको हो । यसअघिसम्म नेपालका लागि हिरो मोटरकर्पको आधिकारिक बिक्रेता ज्योति समूह थियो । नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपबाट अपेक्षा राखेको देखिन्छ ।

 

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्राण्डहरूको विशाल नेटवर्क रहेको समुह हो । एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समुहको व्यवसाय फैलिएको छ ।नेपालमा सन् २०१४ प्रवेश गरेको कम्पनीका सुपर स्प्लेन्डर, एक्सपल्स २०० जस्ता मोटरसाइकललाई ग्राहकले निकै रुचाएका छन्। एसियामा नेपाल मुख्य बजार रहेको हिरो मोटोकर्पले जनाएको छ।  यस्तै, १५ हजारभन्दा धेरै रोजगारी सृजना गर्दै आइरहेको समूहले जनाएको छ ।यस सहकार्य अन्तर्गत हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू इन्जेक्सन गर्दै २०२४ मार्चदेखि सेवा सञ्चालन थाल्ने तय गरिएको छ।

 

हिरो मोटोकर्पबा ग्लोबल बिजनेस हेड, सञ्जय भानले यो सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनेका छन् – ‘नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो ।’ उनले चौधरी ग्रुपसँगको सहकार्यले देशमा हिरो मोटोकर्पको सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।हिरो मोटरकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले चौधरी समूहसँगको सहकार्यबाट आफू उत्साहित भएको बताए । उनले चौधरी ग्रुपसँग नेपालमा व्यवसाय सञ्चालन गरेको राम्रो अनुभव रहेको र यसबाट हिरोलाई समेत फाइदा हुने बताए ।

 

उनले आगामी दिनमा नेपालमा हिरोले थप लगानी गर्ने र विश्वसतीय र गुणस्तरीय उत्पादन प्रदान गर्नेक्रमलाई निरन्तरता दिने समेत बताए । यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी अग्रणी कम्पनीसँगको सहकार्य सुरु गर्नु उत्साहजनक भएको बताए । यससँगै सीजी मोटर्स नेपालको अटो बजारमा बलियो र अब्बल खेलाडीकारुपमा अघि बढ्ने उनको भनाई छ ।