२०७६ चैत्र २० , बिहिवार

यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु , प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ

ट्रेन्डिङ

sex racket

यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु , प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ

सुनाखरी न्युज / भक्तपुर – होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ गरेको हो । जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपीले जानकारी दिएका छन् ।

यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपीको भनाइ छ । यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ ।

अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुँदै आएको सूचनाका आधारमा पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको छ ।

Share this news: