२०७६ चैत्र २० , बिहिवार

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

nepal

एसीसी इस्टर्न रिजन टी२० क्रिकटमा नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

सुनाखरी न्युज / काठमाडौं – एसीसी इस्टर्न रिजन टी२० प्रतियोगितामा शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य लिएको नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । खेल थाईल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुँदैछ ।

आजको खेलमा नेपालले मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्य लिएको छ । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ ।थाइल्याण्ड जानुअघि नेपालले काठमाडौंमा १० दिनको तयारी गरेको थियो । विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेलेको नेपालले थोरै समय तयारी गर्न पाएको हो ।

नेपाल र मलेसियाको हाल सम्मको टि–ट्वान्टी खेलको नतिजा हेर्ने हो भने सात पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल बलियो देखिएको छ । नेपालले ६ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

Share this news: