२०७६ चैत्र २० , बिहिवार

रक्सीको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई पक्राउ

देश–प्रदेश

arr

रक्सीको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई पक्राउ

सुनाखरी न्युज / जनकपुर – रक्सीको मातमा निर्दोष व्यक्तिको हत्या गर्ने पाँच युवालाई प्रहरीले पक्राउ गरेको छ । सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भयो ।

उनीहरुले बाँसको भाटाले टाउकोमा हानेपछि ढलेका पुलामीको उपचारको लागि जनकपुर ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको थियो ।

१९ वर्षीय कपिल सदा, सोही उमेर र स्थानका अशेष यादव, २३ वर्षीय धर्मदेव राउत र २४ वर्षीय जितेन्द्र राउत तथा वडानम्बर ४ का १९ वर्षीय सोनु भन्ने मोनु यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका इन्चार्ज अनुसार हत्यामा संलग्न अभियोगमा पक्राउ परेका सबैले अपराध स्वीकार गरिसकेको छन् ।

Share this news: