२०७६ चैत्र २० , बिहिवार

गो एयरको विमानभित्र परेवाको मस्ती

pegion

गो एयरको विमानभित्र परेवाको मस्ती

सुनाखरी न्युज / जयपुर : जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा फेला परेको हो ।विमानभित्रै उक्त परेवा उड्न थालेपछि केही यात्रीले भिडियोसमेत बनाएका थिए ।

विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए । उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो । ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो ।

विमानको अघिल्लो भागदेखि पछिल्लो भागसम्म परेवाले केहीबेर फन्को लगाइरह्यो । यात्रु र विमानका कर्मचारीले पनि केहीबेर परेवाको मस्ती हेरिरहे ।

परेवालाई निकालेपछि निर्धारित समयभन्दा केही ढिलोगरी उक्त विमान जयपुरका लागि प्रस्थान गरेको बताइन्छ ।

Share this news: