२०७६ चैत्र २० , बिहिवार

बीमा संस्थानको एक दशकदेखि भएन लेखापरीक्षण, निरन्तर हिसाब किताब अन्योलमा राखिनु बाध्यता कि नियत ?

Beema

बीमा संस्थानको एक दशकदेखि भएन लेखापरीक्षण, निरन्तर हिसाब किताब अन्योलमा राखिनु बाध्यता कि नियत ?

सुनाखरी न्युज/
काठमाडौं –

राष्ट्रिय बीमा संस्थानको २०६६ साल साउन १ गतेदेखिको लेखा परिक्षण हुन नसक्दा केही वर्ष पहिले विभाजन भई बनेको राष्ट्रिय बीमा कम्पनी समेतको लेखा परिक्षण र बीमाङ्कीय मूल्याङ्कन अलपत्र परेको छ ।

संस्थानको १० बर्ष लामो बीमाङ्कीय मूल्याङ्कन नभएको कारणले गर्दा संस्थानले आफनो पुँजी २ अर्ब रुपैयाँ पुराउन सकेको छैन । यद्यपि १० बर्ष लामो बीमांकिय मूल्याङ्नको गाँठो यसै आर्थिक बर्षमा फुकाउने तरखरमा संस्थान लागि परेको नायब महाप्रबन्धक रिमाल बताउँछन् । त्यसो त, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पनि संस्थानको ५३ औं बार्षिकोत्सवमा १० वर्ष पुरानो बीमाङ्कीय मूल्याङ्कन आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जीवन बीमा कम्पनीमा अनिवार्य रहेको बीमाङ्कीय मूल्याङ्कन हुन नसक्दा राष्ट्रिय बीमा संस्थानको आर्थिक अनुशासन पारदर्शी बन्न सकेको छैन । पुरानो आर्थिक वर्षको लेखा परिक्षण नहुँदा नयाँ आर्थिक वर्षहरुको हिसाब किताब प्रष्ट भएपछि लेखा परिक्षण गर्न नमिलेका कारण झनै अलपत्र अवस्थामा छ।

राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनीहरु मध्ये पुराना कम्पनी हो । स्थापनाकालको सुरुमा निर्जिवन बीमाको व्यवसाय सुरु गरेको संस्थान बीमा समितिको नियम अनुसार जीवन र निर्जिवन बीमा कम्पनीहरुले छुटा–छुटै कारोबार गनुपर्ने भएको कारण अहिले छुट्टीएर दुई वटा कम्पनी बनिसकेको छ । यद्यपि नयाँ गठन भएको राष्ट्रिय बीमा कम्पनी समेतको हिसाब किताब पुरानो संस्थानको लेखापरिक्षण नहुँदा अप्ठेरो अवस्थाको सामना गरिएको छ।

२०२९ फल्गुण ७ गते स्थापना भएको कम्पनीमा पछिल्लो १० वर्षको लेखा परिक्षण र बीमाङ्कीय मूल्याङ्कन बाँकी रहेको संस्थानका नायब महाप्रबन्धक महेश रिमालले बताए ।
संस्थानमा नेपाल सरकारको तर्फबाट २७ दशमलव ७८ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५ दशमलव ५५ प्रतिशत र नेपाल बैंकको १६ दशमलव ६९ प्रतिशत शेयर रहेको छ।

 

 

Share this news: