२०७६ चैत्र २० , बिहिवार

‘ए मेरो हजुर ४’ को मुहूर्त

मनोरञ्जन

‘ए मेरो हजुर ४’ को मुहूर्त

सुनाखरी न्युज/

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र नायिका सुहाना थापाको शीर्ष भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार राजधानीको गोंगबुस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरियो । मुहूर्त कार्यक्रममा फिल्मका कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत उपस्थित थिए भने निर्देशक झरना थापा, छायांकार सञ्जय लामा लगायत उपस्थित थिए ।

 

अनमोल र सुहानाको जोडी रहेको फिल्म ‘ए मेरो हजुर ३’ ले दर्शकको साथ पाएको थियो । यद्यपि फिल्मले प्रतिक्रिया भने औसत पाएको थियो ।आजैबाट फ्लोरमा उत्रेको यो फिल्मको छायांकन पोखरा, ललितपुर र काठमाडौं आसपास खिचिनेछ । झण्डै डेढ करोडमा निर्माण हुने यो फिल्ममा अनमोल र सुहाना प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन् ।

 

आगामी वर्षको दशैंमा रिलिज हुने भनिएको ‘ए मेरो हजुर ४’ सुनील कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो । यसअघि झरनाले निर्देशन गरेका फिल्म ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता हात पारेका थिए । यद्यपि दुवै फिल्मले समीक्षा भने राम्रो पाएका थिएनन् ।

Share this news: