२०७६ चैत्र २० , बिहिवार

अब सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी खल्ती वालेट बाट

कर्पोरेट

Capture

अब सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी खल्ती वालेट बाट

सुनाखरी न्युज/ काठमाडौं – डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिलभु क्तानी सेवाविस्तार गरेको छ । खल्तीले यस हप्तामात्रै २६ जिल्लाका ८३ वटा खानेपानीवितरण समिति तथा उपभोक्ता समूह माझ सेवाविस्तार गरी आफ्नो खानेपानीबिलभुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो । अब पूर्वमा झापाको बुधबारे देखि पश्चिममा कञ्चनपुरको बेलौरी सम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्तीबाटै तिर्न सकिनेछ । अब ती ठाउँका बासिन्दाहरुले काउन्टर सम्म पुगी लाईन बसेर बिलतिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्तीएप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमाक्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।

साथै, डिजिटल प्रविधि सँग अभ्यस्तभै नसकेकार स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिलतिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवाप्रयोग गर्दा उपभोक्ताको खानेपानीबिलतिर्न काउन्टर सम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुनेछ । खानेपानीको बिलभुक्तानी सेवाविस्तारका बारेमाबोल्दै खल्तीका मर्चेन्ट एक्विजिसन हेडसचिनउदासले भन्नुभयो, “खल्तीको टिम आफ्नो स्थापनाको सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवनशैली सहज बनाउनका लागि अनवरत रुपमाक्रियाशील छ । यसरी सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । अहिले हामी ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौँ । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खाने पानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसी बसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । हामी यस लक्ष्य पूरा नहुन्जेल सम्म प्रयत्नशील भएर लागि पर्नेछौँ ।

 

अहिले गाउँगाउँमा तीब्र गतिको ब्रोडब्यान्ड तथाथ्रीजी र फोरजी इन्टरनेट पुगेको छ । स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार देशका झन्डै ७२ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा करीब १ करोड मानिसले मोबाईल बैंकिङ र १० लाखले इन्टरनेट बैंकिङ सेवा सुचारु गरेका छन् । यस्तो अवस्थामाखल्तीले विस्तार गरेको खानेपानी बिल भुक्तानी सेवाले धेरै महत्व राख्ने देखिन्छ । सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा टिभीको बिलभुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिकपत्रिकाहरुको ग्राहक–शुल्कतिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ । खल्तीको वेबसाईट खल्ती डटकमबाट खल्तीएप डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

Share this news: