२०७६ चैत्र २० , बिहिवार

सेयर बजारमा बुधबार पनि छलाङ, नेप्से परिसूचक ५१ अंकले बढ्दा एकैदिन ४ अर्ब बढीको कारोबार

शेयर

Share#

सेयर बजारमा बुधबार पनि छलाङ, नेप्से परिसूचक ५१ अंकले बढ्दा एकैदिन ४ अर्ब बढीको कारोबार

सुनाखरी न्युज/
काठमाडौं –
शेयर बजारमा बुधबार पनि चमक आएको छ । विगत केही दिनयता सुधारको वाटोमा रहेको यो बजारमा साताको चौथो दिनपनि परिसूचक र कारोबार रकम उल्लेख्यरुपमा बढ्यो ।
सेयर बजारमा दिनभर भएको तीब्र उतारचढावबीच सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ ।

बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । ४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ ।

 

बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।

Share this news: