२०७६ चैत्र २० , बिहिवार

घट्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदी

Gold#

घट्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सुनाखरी न्युज/ काठमाडौं – दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको भाउमा आज मंगलबार भने ब्रेक लागेको छ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेर रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार भने केही घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैंयाँ घटेको छ । मंगलबारका छापावाला सुन प्रति १० ग्राम अर्थात तोलाको ८० हजार कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

सोमबार तोलाको ८० हजार ३ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार एकै दिन तोलामा १ हजार ५ सयले बढेको थियो । आइतबार तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ७९ हजार ७ सय तोकिएको महासंघले जनाएको छ । सोमबार तोलाको ८० हजारमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ९ सय २५ मा स्थिर रहेको हो ।

Share this news: