२०७६ चैत्र २० , बिहिवार

यी मर्दका अहिलेसम्म ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ

विचित्र–संसार

यी मर्दका अहिलेसम्म ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ

सुनाखरी न्युज/
काठमाडौं –

तपाइँलाई अचम्म लाग्यो होइन रु कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ रु अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला रु आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् । सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसकेका छन् र उनी बाउ बन्ने क्रम जारी छ । उनका सन्तानहरु हरेक हप्ताजसो विश्वका विभिन्न देशमा जन्मिरहेका हुन्छन् । वास्तवमा वाट्सन शुक्रकिट दाता हुन् । उनले सोसल मिडियामा आफ्नो व्यवसाय चलाइरहेका छन् ।

 

अहिले पनि उनको शुक्रकिटबाट विभिन्न देशका महिलाहरुले गर्भाधारण गरिरहेका छन् र हरेक हप्ता स्पेनदेखि ताइवानसम्म उनका बच्चा जन्मिरहेका छन् ।आउँदो १।२ वर्षमै उनले एक हजार बच्चाका बाउ बनेर अजम्बरी कीर्तिमान राख्नेछन् । वास्तवमा कुनै आधिकारिक क्लिनिकबाट शुक्रकिट खरिद गर्दा निकै महंगो पर्ने हुनाले सोसल मिडियामार्फत सस्तोमा शुक्रकिट खरिद गर्नेहरुको संख्या ठूलो छ । त्यसैले धेरै निसन्तान महिलाहरुले शुक्रकिट खरिद गर्नका लागि सिधै वाट्सनसँग सम्पर्क राख्छन्, सोसल मिडियामार्फत् । वाट्सन नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउँछन् र आफ्नो स्वास्थ्य पक्का गर्दै मात्र शुक्रकिट दान गर्दछन् ।

 

उनले नियमित रुपमा आफ्नो स्वास्थ्य प्रमाणपत्र अनलाइनमा पोष्ट गर्दै आएका छन् । यसरी व्यक्तिगत रुपमा अनलाइनमार्फत शुक्रकिट बेच्ने काम गैरकानूनी तथा अनैतिक भएको भन्दै बेलायतमा उनको विरोध पनि हुने गरेको छ । तर उनलाई यसको परवाह छैन र आफुले बकाइदा वैधानिक हिसाबले शुक्रकिटको निजी व्यापार गरिरहेको बताउँछन् ।

एजेन्सी –

Share this news: