२०७६ फाल्गुन १२ , सोमवार

“सम्झनाले सतायो” (खण्डकाव्य, भाग-१५)

Dinesh Pandey@

“सम्झनाले सतायो” (खण्डकाव्य, भाग-१५)

 

दिनेश पाण्डे/सुनाखरी न्युज/काठमाडौं-

नुवाकोट थानसिङ्-२ (हाल लिखु-६) मा जन्मी राजधानी काठमाडौंमा बसोबास गर्दै स्कुल तथा कलेजमा स्थायी शिक्षण पेसा सम्हाल्दै तथा समयसमयमा पौराणिक प्रवचन समेत गर्दै आउनुभएका कविताविधाका नवोदीयमान व्यक्तित्व दिनेश पाण्डेले आफ्नो जन्मस्थल थानसिङ् मै जीवनका पूर्वाद्धमा भोगिएका वस्तुगत यथार्थलाई काव्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ।

हुन त सबैको जीवन भोग्ने रीति उस्तै उस्तै नै हो तर पनि गाउँले जीवनमा साथीसङ्गी र इष्टमित्रहरूका साथ भोगिने कुराहरू शास्त्रीय शैलीमा पढ्न पाउँदा जो कोही पनि प्रकृति, कला र साहित्यप्रेमीमा यसको छुट्टै रस र आनन्द पक्कै आउँछ । हामी यो खण्डकाव्य “सम्झनाले सतायो” (प्रस्तावित शीर्षक) लाई साप्ताहिक रूपमा प्रत्येक शनिवार यस सुनाखरी अनलाइन www.sunakharinews.com मा प्रकाशित गर्दै आएका छौँ ।

हामीलाई विश्वास छ कि हाम्रा साहित्यप्रेमी पाठकहरूले यसलाई नियमित रूपमा पढी उचित सल्लाह समेत दिनुहुनेछ । २०७६-०५-१५ को प्रतिभा निकुञ्ज अभ्यास शृङ्खला नं ४५३ को अभ्यासार्थ प्राप्त समस्या “सम्झनाले सतायो” लाई गुनगुनाउँदै जाँदा यौटा खण्डकाव्य नै तयार हुन पुगेकोमा लेखक आफू आबद्ध प्रतिभा निकुञ्ज संस्थाप्रति पनि आभारी भएको बताउनुहुन्छ । शास्त्रीय छन्द केही मन्दाक्रान्ता र धेरै स्रग्धरामा लेखिएको यो खण्डकाव्य प्रकाशोन्मुख कृति भएकोले यसमा आएका टीकाटिप्पणी तथा समीक्षाहरूलाई सम्मानपूर्वक ग्रहण गर्दै तिनलाई पुस्तक प्रकाशन गर्दा समेत ख्याल राखिने कुरा लेखकले बताउनुभएको छ।

पढ्ने विधि – ह्रस्वदीर्घको उच्चारणमा विशेष ख्याल राखी मन्दाक्रान्ता छन्दलाई सुरुमा ४ मा, अनि ६ मा र अन्त्यमा तथा स्रग्धरा छन्दलाई हरेक ७-७ अक्षरमा विश्राम लिँदै पढ्दा सहज र सरल हुने छ ।।

लेखक परिचय

नाम: दिनेश पाण्डे

जन्म: २०३३-०१-१३

जन्मस्थान: नुवाकोट, थानसिङ्-२

हाल: काठमाडौं, टोखा-८, गोंगबु, बानियाटार

कार्यस्थल: मानसिङ् मा वि मनमैजू, ता न पा-१०, काठमाडौँ ।

 

“सम्झनाले सतायो” (खण्डकाव्य, भाग-१५ )

बच्चा बेला पुगिन्थ्यो घरघर तर खै छन् कता माधवादि
बीमाका अर्जुनैको पनि खबर छ के दाजु हे यादवादि ।
घुम्दैछन् देख्छु यौटा वर र पर यतै अन्यको चाल के हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५०

खोला जो कोइराले कलकल उसमा स्वच्छ पानी झरेको
प्यूँदै पानी जमाना तिर तरुवरको फेदमा मस्तिएको ।
सम्झी यस्ता पुराना सकल पलहरू आज हो झैँ बनायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५१

तोरीचौरे गराका बल(भरत(पिता मावली स्वाभिमानी
कान्छा जो दौँतरी ती अतिशय चतुरा अर्जुनैका कहानी ।
हाँसी खेला जमायो रनवन डुलियो आँप खायो रमायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५२

चुस्दैथ्यौँ आँप कोया चपचपचप त्यो फुत्फुती खस्दथ्यो जो
छातीमा च्याप्प पार्दा उसकन गतिला वस्त्र जम्मै भिजेको ।
गाला फोहोर बन्दा सकसक नभए काम के बाहुँला यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५३

अम्बाको बोट चढ्दा तल खुरमुरिई प्राण झन्डै गएथ्यो
उत्तानो टाङ लाग्दा उस समय वहीँ सास चिल्लै भएथ्यो ।
बेला आफ्नो नपुग्दै सकल चरजगत् जान को पाउला हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५४

मेरा जो मावलीका परहजुरबुबा कृष्णश्री जो बराजे
जोडा छोरा दुईमा अनुजतिर भए नाति जो तीन बाजे ।
भेँडाबारी सरेथे सकल गुँड लिई ज्येष्ठ बाजे बज्यै हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५५

जेठा जो लाहुरे हुन् सहरतिर बसी गर्दछन् पेटपूजा
कान्छालाई लग्यो रे उपरतिर खिची निस्ठुरी दैवले हा११
यौटा छन् काहिँला ती निशिदिन छहरे रासबासै उतै हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५६

मामा केदार जेठा अनुज सब अरू माहिला साहिँलाका
कान्छाका तीन छोरा प्रखर र तगडा वृत्ति पाई पढेका ।
तीनै पाताल छन् रे खबर श्रवणमा यो कसैले सुनायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५७

सानी आमा दुई ती सुरभवन चढी बास सर्ने भएका
छोराछोरी पुगेछन् प्रगतिशिखरमा साहिँली काहिँलीका ।
कान्छी यौटी सुनेथेँ अलि पर ढिकुरे छन् अरे खै कहाँ हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५८

नेता जो माहिला हुन् मकन नजिकका नामले नन्दराज
माताजीका पिता हुन् प्रिय अति(अति नै साँच्चिकै नन्दराज ।।
निष्ठामा नित्य नाची जनजन जसले नाम नामी कमायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४५९

जेठा हुन् पुत्र मामा ध्रुव सरल बडा कामका पारखी हुन्
वाणीमा सत्यनिष्ठा अझ पनि तगडा क्षेत्रका सारथी हुन् ।
सेवा गर्ने सबैमा दृढतम जसले भावगङ्गा बगायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६०

तीनै सन्तानमध्ये समय नियतिले धाम लाग्यो कनिष्ठ
भ्राता हो दौँतरी हो सँग कति सुतियो कर्ममा ऊ बलिष्ठ ।
जानिन्नन् कुन्नि के भो वनतिर तरुमा रज्जु पाँसो लगायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६१

यो यौटा नाट्यशाला सकल जन यहाँ भूमिका खेल्न आए
आआफ्नो भूमिकामा रँग र विरँगका खेल खेल्दै रमाए ।
नाता नाना जुडायो जब समय भयो भूमिका नै हरायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६२

फिल्मी झैँ खेल खेल्छन् सब जनमनले सृष्टि हो यो अनादि
छन् कोही नायिका वा प्रमुख र खल झैँ छन् कुनै नायकादि ।
संसारी पात्र बन्दै विविध पटकथा बुन्दछन् खेलमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६३

आफ्नो हो भूमिका जो प्रकृतिसँग रमी पूर्ण खेली गयो ऊ
बाँकी क्यै खेल्नु छैनन् यति मनन गरी पूर्णतामा लुक्यो ऊ ।।
मामा १ यो सृष्टि यस्तै निरस यति बुझे शोक नै दूर भाग्यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६४

जेठा राजेन्द्र छोरा परमुलुक घुमी फर्किए रे स्वदेश
रम्दै आफ्नै धरामा कुलजनसँगमा बस्न बानी परेछ ।।
अर्काका काम छाडी अब सकल युवा फर्क हे देश आओ
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६५

जान्छन् कोही पराया मुलुक धन भनी दासवत् कर्म गर्न
खाना खाई नखाई अति सकस गरी खोज्दछन् द्रव्य भर्न।
आओ हे फर्क आओ स्वजनसँग बसी नित्य मिष्टान्न खाओ
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६६

घुम्छन् कोही फिरन्ता विचलितमनका काँध बोकी फिरंगा
भर्दै डी। भी। हजारौँ पर मुलुक डुली भेष धारेर नंगा।
थोरै होस् द्रव्य आफ्नै घर नगर यही रङ्ग बेरी सजाओ
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६७

छातीमा देश राख्दै हरपल जहिल्यै प्रेमका साथ टेवा
सारा संसार बिर्सी तनमनधनले देशकै निम्ति सेवा ।
सम्झी आओ युवा हो अब त मन फिरोस् देश आफ्नै बनाओ
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६८

यौटाकी मात्र हैनौ सबकन बहिनी हे जयन्ती १ कता छौ
वर्षेनीको दशैँमा पनि मिलन टुट्यो या विदेशै पुगेछौ ।
सम्झन्छ्यौ के पुराना गतिविधि घरका या सबै बिर्सियौ हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४६९

छोरी जेठी अलैँची जसकन दुइटा पुत्र कान्छा महेश
केटो आफैँ म जेठो घरिघरि यसमै घोत्लिँदो यो दिनेश ।।
यो आफ्नै मावलीको स्मरण अति हुँदा कोरिएको कथा हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७०

कान्छा मामा यतै छन् सहरतिर बसी गोरखाकर्म बेस
गर्दै ती स्वच्छ ताजा दुध घिउ र दही नित्य खान्छन् सुरेश ।
आआफ्नो कर्मलेखा जति दगुर तिमी बोक्दछौ साथमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७१

छोराछोरी भए जो जति पनि उनका पढ्नमा चम्किला रे
जेठी छिन् सोलु नेचा गणित विषयकी मा वि की शिक्षिका रे ।
स्वामी झन् माहिलीका त्रि वि वि तिर तथा छन् धितोपत्रमा हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७२

अर्की ती साहिँलीको जति जति म गरूँ बात झन् उत्ति कम्ती
राम्री साह्रै असाध्यै कति अधिक भनूँ नायिका झैँ सुधा ती ।।
कान्छीको बोनसैले घर सब चलिगो स्यालरी बैँकमा हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७३

सानो यौटा कुटीमा पनि घर गतिलै चल्न सक्ला मजाले
झुप्रोमै प्रेम(बत्ती धपधप गतिले जल्न सक्ला मजाले ।
छोराछोरी सुखी छन् जब घरघरमा जिन्दगी भो मजा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७४

पैसै-पैसा थुपारौँ तर घरझगडा भित्रिए काल भैगो
वल्लापल्ला छिमेकी जनमनबिचमा मानसम्मान गैगो ।।
लाखौँ वा होस् करोडौँ तर सुख मनमा छैन के भो मजा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७५

छोरो साकारको झन् अनुपम प्रतिभा उच्च उम्दा पढाइ
जाओस् रे जोसुकैमा प्रथम छ जहिल्यै क्लास टप्दो छ भाइ ।।
जेजे ऊ पढ्न जाओस् अति असल पढी मानसम्मान पायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७६

यस्तै छन् मावलीका सब परिचय खै के गरूँ यो बढाइँ
जम्मैका हाल राम्रा परजनहितमा लाग्दछन् सर्वदा यी।
नातागोता उतैको जब जब छिरियो दृश्य सम्पूर्ण आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७७

लामो बाटो हिँडेरै पनि सकस गरी यादमा मावलीको
कय्यौँ बाजी गइन्थ्यो पछिपछि फरिया फेर पक्री मुमाको ।।
कस्तो बेला थियो त्यो अब पनि कहिल्यै फर्कला के ममा हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७८

गाईबाख्रा चराई अझ कति डुलियो त्यो बडारे वनैमा
तित्राको कालिजैको पछि कति कुँदियो फेर्न धोको मनैमा ।।
दुम्सीले भ्वाङ खन्थे उसबिच सहजै लुक्न खोज्थ्यो खरायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४७९

रातो माटो छ बाटो उसउपर झरी पर्न जाँदा उकाली
औँला गाडेर टेक्थ्यौँ तर पनि लडिने चिप्लिँदै पालि पालि ।
छाता हुन्थे कहाँ पो घुम छ अति ठुलो ओड्दथे के भुरा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८०

घट्टे खोला किनारातिर बगरभरै वस्त्र खोलेर फाल्यो
खोलाको धारधारै पछिपछि चलियो भाइ चिच्याइहाल्यो ।।
मुल्खो जाकी घुमायो फननन लिखुले मृत्यु आभास आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८१

दौडे राजेन्द्र देखी उस उपर दयादृष्टि भो दैवको रे
झम्लङ्गै फाल हाली उसकन सजिलै पाखुरा च्याप्प पारे।
पछ्छ्याई फेरि लागेँ म पनि उसतिरै झ्याप्प हालेँ अँगालो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८२

गाडिन्थे बालुवामा चरण भसभसी स्वेदधारा छुटायो
हाम्रो सङ्घर्ष देखी वितत लिखु कहाँ काल नै पो डरायो ।।
मानौँ राजेन्द्रलाई उस दिन विधिले दूत छानी पठायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८३

यो यौटा जिन्दगीको अनुभव घटना स्वप्न जस्तै बनेर
भित्रै डेरा जमायो क्षणपलघटिका वेदना झैँ गडेर ।।
टाढा जा भन्छु जैल्यै किनकिन यसरी झम्टिँदै फेरि आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८४

वर्षैपिच्छे दशैँमा अनुज सब मिली मावलीमा गइन्थ्यो
वर्षाको जो बिदामा नियमित जसरी मावलीमै भइन्थ्यो ।।
कैल्हे छोटा बिदामै फुतफुतफुत गै मावलीमै रमायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८५

बच्चा बेला सबैको घरपछि किन हो मावली हुन्छ प्यारो
भान्जा भान्जी भएनन् त सकलगृह नै भैगयो रे अँध्यारो ।।
पुत्रीको पुत्र जो हो परिचय कुशको मूल हो भन्दछन् यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८६

डोरी बाटी लठारी पिङ पनि घरमै नित्य झुन्ड्याइदिन्थे
जेजे पाक्थ्यो चुलामा प्रमुदितमनले थोकमै खान दिन्थे ।
के हो मीठो नमीठो मुखबिच तिनको भेद हुन्थ्यो कहाँ यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८७

उप्रेती बा र ओली परतिर उनको बोट जो कन्तरैको
टिप्दै चुस्थ्यौँ रमाई अलिअलि अमिलो च्वास्स गर्थ्यो मजाको ।
नेपानेका गरामा बुरुकबुरुक जो उफ्रियौँ याद आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८८

गोठालो जो गएथ्यौँ सकल जति भुरा चाउरेको गरोमा
मामाको घाँसभारी पछिपछि कुँदियो पाँच बीसे मुरेमा ।
मायामा मावलीको फुरुकफुरुक भै गीत गाई पछ्यायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४८९

रुम्टीमा बीसमा वा दश र बगरमा वस्तु गाई चरायो
अम्बा ऐँसेलु खोजी रनवन डुलियो रक्तदाना भलायो ।
कैल्हे बाघै करायो अनि कुन दिन हो फेरि बाख्रा हरायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९०

घट्टेको पारि जाने अजब लबिधरे काठको थामलाई
खुस्के खुट्टा खसिन्थ्यो खुसुखुसु कसरी टेक्नुपर्थ्यो डराई।।
धत्१ यस्तो काठ टेकी कति कति हिँडियो सम्झिँदा भीति छायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९१

घट्टेको माथि देवी मुनितिर खनिया(चौरमा लोहनीको
रासोबासो जमाना(भर घर उनकै यी बुढामावलीको ।
मामाका मावलीका कुलपर विधिले एक नेता दिलायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९२

हाम्रा ती वृद्धमामा सुरभवन चले जो बुढा विष्णुलाल
हुन् जिम्मावाल गावैँ(भर सबतिरका मान गर्थे हजार ।
छोरा पाँचै जनाको जनजन सबमा नाम सर्वत्र छायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९३

सत्ता ग्रामीण हाँक्थे उसबखत वहाँ नित्य जेठा नरेन्द्र
पी एच् डी मान भिर्दै परमुलुक चले भाइ कान्छा महेन्द्र ।
हुन् अर्का माहिला ती सबतिर मणिका नाथ यो नाम छायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९४

काफल्डाँडा निवासी सडकनजिकका भाइ अर्का मृगेन्द्र
मामा जो साहिँला हुन् सहरतिर छिरे पुत्र जम्मै कुबेर ।।
जेठाका पुत्र यौटै प्रखर अति कडा पढ्नमै ध्यान लाग्यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९५

मामा ती माहिलाका त्रयसुत जसमा एक हुन् ओजराज
टीभीमा देख्छु मैले ग्रह नभचरका ज्योतिषी खोजराज ।।
जेठा सामाखुसीमा, अपर सुधिमना साधुकै मार्ग लाग्यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९६

कान्छा मामा सबैका प्रिय रसिक अहा दैव नै हुन् गणेश
छोराछोरी सबैका प्रगतिशिखरमा घुम्दछन् देश(देश ।
छन् रे दैवज्ञ नेता कृषक र तलबी फेरि व्यापारमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९७

सानो ठूलो र माझा विविध क्रम गरी स्वच्छ पाखो बडारे
जोगीको पारि पाखो नव र दशमुरे खेत कान्ले पचासे ।
आली कान्ला चहार्दै तरहतरहका खेल खेल्यो रमायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९८

सारा पाखो सुनै झैँ झललल अति नै धान पाकी झुलेको
मेरो यो मातृधर्ती जगमग छ अहा चार किल्ला खुलेको ।।
टीका थाप्दै दशैँमा निशिदिन डुलियो मावलीभूमिमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९९

सिप्लीबोटे र पिप्ले मुनितिर कुखुरे अर्चले साजबोटे
हर्राबोटे र रत्ने स्मरण छ नि अझै सत्तरी सात घट्टे।।
कल्लाबारी र काने मनभरि छ सबै मावलीको धरा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५००

यौटै हो साइनो रे पथतिर जति जो मावली भेटिएमा
जो जो होस् जोसुकै होस् सकलसँग भन्यो हात जोडेर मामा ।
एकै सम्बोधनैमा सबकन चलिगो मावलीको मजा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०१

कालाकाठे हिमाली र मसिनु झिनुवा कृष्णबेली जिरे जो
जर्नेली मन्छराले लह र लह पते खेत यो मावलीको ।
पोख्रेली कञ्चनामा फरक छ र कहाँ बास्मती मग्मगायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०२

फेनी जो हो समुद्री नरम र चिउरा नम्बरी टाइचिन् को
खाए जेठो बुढो जो पछिपछि कसले भात खाला अरूको ।
अर्को यौटा असारे परिचित सबमा काउसाथै चिनी यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०३

लामा बाला र छोटा बुचुकबुचुकको हो बिजीको पराल
उम्दा यो मन्सुली झन् असल कनजिरा राज वा कृष्णभोग ।
यस्ता यी धान्यादिले नै सबतिर चिनिने ठाउँ हो देशमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०४

रुद्धादेवीसँगैका वरपर घरका कृष्णका जो कृपा ती
त्यागे रे स्वप्नवत् वा निरस पनि बुझी मानुषी देह साथी ।।
भोगे कय्यौँ अनेकौँ विषयरस सबै अन्त्यमा ज्ञान आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०५

जेठो पी आर पाई परमुलुक पसी शान निक्कै जमाई
बस्छन् भन्ने सुनेथेँ अतुलित धनको रास थुप्रै लगाई ।
द्रव्यै मात्रै ठुलो वा कि त जनमधरा रु भाइ १ यो प्रश्न आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०६

अर्को जो श्याम भ्राता मुलुक सब डुली कर्म विप्रेषणैको
आई एम् ई छिरे रे कुलजन सबको द्रव्यको धाम भैगो ।
गङ्गाजी १ शारदाजी १ सब निजनिजको कर्ममा पोख्त छन् हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०७

यस्तै हो जिन्दगानी जतिजति चुलियो उत्ति नै दुःखदायी
मन्त्रै मानेर गर्नू अनुदिन हरिको साधना दाजुभाइ ।
बाबाको शोकलाई बलतिर बदली लाग जो कर्म पायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०८
क्रमशः अर्को शनिवार

सानो ठूलो र माझा विविध क्रम गरी स्वच्छ पाखो बडारे
जोगीको पारि पाखो नव र दशमुरे खेत कान्ले पचासे ।
आली कान्ला चहार्दै तरहतरहका खेल खेल्यो रमायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९८

सारा पाखो सुनै झैँ झललल अति नै धान पाकी झुलेको
मेरो यो मातृधर्ती जगमग छ अहा चार किल्ला खुलेको ।।
टीका थाप्दै दशैँमा निशिदिन डुलियो मावलीभूमिमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।४९९

सिप्लीबोटे र पिप्ले मुनितिर कुखुरे अर्चले साजबोटे
हर्राबोटे र रत्ने स्मरण छ नि अझै सत्तरी सात घट्टे।।
कल्लाबारी र काने मनभरि छ सबै मावलीको धरा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५००

यौटै हो साइनो रे पथतिर जति जो मावली भेटिएमा
जो जो होस् जोसुकै होस् सकलसँग भन्यो हात जोडेर मामा ।
एकै सम्बोधनैमा सबकन चलिगो मावलीको मजा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०१

कालाकाठे हिमाली र मसिनु झिनुवा कृष्णबेली जिरे जो
जर्नेली मन्छराले लह र लह पते खेत यो मावलीको ।
पोख्रेली कञ्चनामा फरक छ र कहाँ बास्मती मग्मगायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०२

फेनी जो हो समुद्री नरम र चिउरा नम्बरी टाइचिन् को
खाए जेठो बुढो जो पछिपछि कसले भात खाला अरूको ।
अर्को यौटा असारे परिचित सबमा काउसाथै चिनी यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०३

लामा बाला र छोटा बुचुकबुचुकको हो बिजीको पराल
उम्दा यो मन्सुली झन् असल कनजिरा राज वा कृष्णभोग ।
यस्ता यी धान्यादिले नै सबतिर चिनिने ठाउँ हो देशमा यो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०४

रुद्धादेवीसँगैका वरपर घरका कृष्णका जो कृपा ती
त्यागे रे स्वप्नवत् वा निरस पनि बुझी मानुषी देह साथी ।।
भोगे कय्यौँ अनेकौँ विषयरस सबै अन्त्यमा ज्ञान आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०५

जेठो पी आर पाई परमुलुक पसी शान निक्कै जमाई
बस्छन् भन्ने सुनेथेँ अतुलित धनको रास थुप्रै लगाई ।
द्रव्यै मात्रै ठुलो वा कि त जनमधरा रु भाइ १ यो प्रश्न आयो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०६

अर्को जो श्याम भ्राता मुलुक सब डुली कर्म विप्रेषणैको
आई एम् ई छिरे रे कुलजन सबको द्रव्यको धाम भैगो ।
गङ्गाजी १ शारदाजी १ सब निजनिजको कर्ममा पोख्त छन् हो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०७

यस्तै हो जिन्दगानी जतिजति चुलियो उत्ति नै दुःखदायी
मन्त्रै मानेर गर्नू अनुदिन हरिको साधना दाजुभाइ ।
बाबाको शोकलाई बलतिर बदली लाग जो कर्म पायो
साँच्चै जन्मस्थली औ घरवरपरको सम्झनाले सतायो ।।५०८
क्रमशः अर्को शनिवार

Share this news: