२०७६ फाल्गुन १७ , शनिवार

सावित्रा भण्डारी सम्लित गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको फाइनलमा

सावित्रा भण्डारी सम्लित गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको फाइनलमा

 

सुनाखरी न्युज/
काठमाडौं –

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी सम्लित गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको आज (शुक्रबार) फाइनल खेल्दैछ । बैंगलोरमा हुने फाइनलमा गोकुलम केरेला र क्रिप्सा एफसी प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो २ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि दुबै टोलीले लिगको उपाधि जितन सकेका छ्रैनन् । लिगको सर्वाधिक गोलकर्ताको सुचिमा रहेकी सावित्राले यस सिजन १५ गोल गरेकी छिन् ।

Share this news: