२०७६ फाल्गुन १२ , सोमवार

सहकारीलाई कृषिमा १३ प्रतिशत लगानी अनिवार्य

padma

सहकारीलाई कृषिमा १३ प्रतिशत लगानी अनिवार्य

सुनाखरी न्युज/पोखरा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीले कुल लगानीको १३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने नीति ल्याउन लागेको जानकारी दिएकी छिन् । सहकारी विभागले बिहीबार पोखरामा आयोजना गरेको गोष्ठी बोल्दै मन्त्री अर्यालले सहकारीलाई उत्पादनमा जोड्न कुल लगानीको १३ प्रतिशत कृषिमा लगाउनुपर्ने बाध्यकारी व्यवस्था गर्न लागेको बताएकी हुन् ।

 

‘सहकारी बचत तथा ऋणमा बढी केन्द्रित भए,’ उनले भनिन्, ‘अब यसलाई घटाउनुपर्छ र उत्पादनमा केन्द्रित गर्नुपर्छ, यसका लागि यस्तो बाध्यकारी व्यवस्था गर्न लागेका हौं ।’ उनले सामूहिक खेती प्रणालीमा जाने, ठूलो स्केलमा उत्पादन गर्न, एकीकृत खेती प्रणालीको विकास गर्न सहकारीलाई प्रयोग गर्नुपर्ने बताइन् । उद्योग सञ्चालन, रुग्ण उद्योग र बन्द रहेका उद्योग सञ्चालनमा समेत सहकारीले लगानी गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा लागेका सहकारी र उत्पादनमा लागेका सहकारीलाई सहुलियत अनुदान दिने नीति सरकारले लिएको बताइन् ।

Share this news: