२०७६ फाल्गुन १७ , शनिवार

फेस्टिभलमा उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल

Capture

फेस्टिभलमा उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल

सुनाखरी न्युज/ काठमाडौं – सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (NASA) को आयोजना फेब्रुअरी १३ तारिकका दिन दोस्रो Kathmandu Road Safety Film Festival  सम्पन्न भएको छ। रसियन कलचर सेन्टरको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ माननीय सांसद रंगमती शाहीले गर्नु भएको थियो भने कार्यक्रममापुर्व डिएसपी बिपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कुल नेपालको तर्फ बाट आत्मिय सिलवालले संस्थाको परिचय तथा उदेश्य बारे प्रस्तुति गर्नु भएको थियो।

 

साथै जुरी टिमको तर्फ बाट वरिष्ट कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेल, पुर्व डिएसपी बिपिन गौतम र पत्रकार स्वस्तिका पन्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा १२ जना नेपाली कलाकार द्वारा अभिनित “SAVE #3500 LIVES Campaign ” भिडियो समेत लन्च गरिएको थियो । Fédération Internationale de Motocyclisme (FIM) को सहयोगमा आयोजित सो फेस्टिवलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिएजस मध्येदिपक ठकुरी द्वारा निर्दे्शित फिल्म उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने किशोर अनुरागद्वारा नै निर्देशित फिल्म “End of Dream”दोस्रो र नेत्र बहादुर खड्का द्वारा निर्दे्शित “Wrong Step”  नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो।बिजेता फिल्महरुलाई क्रमश ५०,०००, ३०,००० , २०,००० नगद सहित शिल्ड, सर्टिफिकेट प्रदान गरियो ।

 

सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका संयोजक इश्वर बल्लव उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गर्नु भएको थियोे ।

Share this news: