२०७६ फाल्गुन १२ , सोमवार

युलेन्स एजुकेशन फाउण्डेसनद्वारा प्रमुख कार्यकारी अधिकृत नियुक्त

Capture

युलेन्स एजुकेशन फाउण्डेसनद्वारा प्रमुख कार्यकारी अधिकृत नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – युलेन्स एजुकेशन फाउण्डेसनले डा.अरनिको कुमार पाँडे लाई आगामी दुई वर्षकालागि फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृतको रुपमानियुक्त गरेको छ । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमूख कार्यकारी अधिकृत नियुक्त हुनु अघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसी मोडमा वातावरण विज्ञका रुपमाकार्यरत हुनुहुन्थ्यो । डा. पाँडे ले फेब्रुअरी १, २०२० कादिनदेखि युलेन्स एजुकेशन फाउण्डेसनको नयाँ जिम्मेवारी ग्रहण गर्नुभएको हो । उहाँले अमेरिकाको हावर्ड विश्वविद्यालय बाट वातावरण विज्ञानमा स्नातक, अमेरिकाकै विस्कन्सीन म्याडिसन विश्वविद्यालयबाट भू–शंशाधनविषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफटेक्नोलोजिबाट विद्यावारिधीउपाधिहाँसिलगर्नुभएको छ ।

 

सन् २००६ माब्यारोन गाइयुलेन्स र मिरीयमयुलेन्सको संरक्षकत्वमा गैर नाफामूलक संस्थाका रुपमा स्थापितयुलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । फाउन्डेसनले अमेरिकाको न्यूयोर्क स्थित बैंक स्ट्रीट कलेज अफ एजुकेशनको शैलीमा एक्काईसौँ सताब्दि सुहाँउदो व्यवहारिक शिक्षाप्रदानगर्दै आइरहेको छ । फाउन्डेसनले हाल ललितपूरको जावलाखेलमा युलेन्स किन्डर गार्डेन तथा खुमलटारमा कक्षा एक देखि माध्यमिक शिक्षा सम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माध्यमिकतहमा नेपाल सरकारको माध्यमिक शिक्षा कार्यक्रम तथा इन्टरनेशनल ब्याकलरेट डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति र स्वीट्जरल्याण्डको जेनेभास्थित आइ. बी. ओ. बोर्डद्धारा आधिकारीक मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको यस डिप्लोमाकार्यक्रमले समय सापेक्ष शैक्षिक कार्यक्रमहरु मार्फत १६ देखि १९ वर्षउमेर समूहका युवा अवस्थाका विद्याथीहरु लाई अनुसन्धानात्मक ज्ञान आर्जन गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपालको शिक्षाको स्तर उकास्ने उद्देश्यले फाउन्डेसनले निकट भविष्यमा खुमलटार, ललितपूरमा विश्वस्तरीय सुविधायुक्त शिक्षक तालीम केन्द्र सञ्चालनमाल्याउनलागेको छ ।साथै काभ्रेपलान्चोक जिल्लाको नालामा आगामि केही वर्ष भित्रमा स्नातकतहको उदार कला ९लिबरल आर्टस्० कलेज सञ्चालन गर्ने लक्ष्य राखेको छ।

Share this news: