२०७६ फाल्गुन १७ , शनिवार

तानसेनमा “समृद्धिको आधार कृषि, पर्यटन र व्यापार”भन्ने सन्देश सहित प्रथम पाल्पा महोत्सव २०७६ उद्घाटन

Capture

तानसेनमा “समृद्धिको आधार कृषि, पर्यटन र व्यापार”भन्ने सन्देश सहित प्रथम पाल्पा महोत्सव २०७६ उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं – पाल्पाम होत्सव शुरु भएको छ ।उक्त महोत्सवको उद्धघाटन स्वास्थ्यतथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका छन् ।‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५भन्दा बढी स्टलहरु रहेका छन् । यस महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा सानाउद्योग बाट उत्पादित सामाग्री, पाल्पालीकरुवा र ढाका जस्ता स्टललाई प्राथमिकतादिइएको मेलाआयोजकपाल्पा चेम्बरका अध्यक्ष चिरन्जिबि पोखरेलले जानकारी दिएका छन् ।बिभिन्न जातजातिका कला सँस्कृति संगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महोत्सवको सफलताको कामना गर्दै सर्वसाधरणको स्वास्थ्यको विषयमा सरकार गम्भिर रहेको छ । स्वास्थ्यविमालाई प्राभावकारी कार्यान्वनगरिनेछ ।

 

उपचार खर्चको अभावमा कोहि नागरिकको मृत्युको खबर सुन्न नपरोस् भन्ने वातावरण तयार गरिनेछ । यस कार्यमा उद्योगी व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहनेछ, भन्ने बताए । उक्त कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने गरी उद्योग व्यवसाय संचालन गर्नु पर्ने आवश्यकता रहेको बताए । सोहि अवसरमा उनले पाल्पाका संमग्र कृषि उद्यमी, उद्योगी तथा व्यवसायी लाई समेटेर अघि बढ्न पाल्पा चेम्बर सक्षम रहेकोको कुरा बताए ।

 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय सोमप्रसाद पाण्डे र नारायण प्रसाद आचार्य, नेपाल चेम्बर अफकमर्सका केन्द्रिय सदस्य टङ्क प्रसाद पोखरेल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, स्थानीयसरकारी निकायकाप्रमुखतथाप्रतिनिधि, जिल्लाकाउद्योगी, व्यवसायी र स्थानीय सर्वसाधारणको ठूलो संख्यामाउपस्थिति रहेको छ । स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा , ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे जस्ता संस्कृतिको संरक्षणको लागि समेतप्राथमिकतादिइएको जनाइएको छ । एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमानगरिएकोउक्तमहोत्सवफागुन ११ सम्म संचालनहुनेछ ।

Share this news: