२०७६ फाल्गुन १७ , शनिवार

आज भ्यालेन्टाइन डे : प्रेमी जोडीले उपहार साटासाट गर्दै मनाइँदै

आज भ्यालेन्टाइन डे : प्रेमी जोडीले उपहार साटासाट गर्दै मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं – आज १४ फेब्रुअरी । विश्वभर आजको दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाइँदैछ। पछिल्लो समय नेपालमा पनि युवा युवतीले प्रेम दिवसलाई चाडकै रुपमा मनाउन थालेका छन्। सहरी क्षेत्रमा यो दिवस संस्कृतिकै रूप रहेको छ। प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ।

 

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ। युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन्।

Share this news: