२०७६ फाल्गुन १२ , सोमवार

कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, ४४ हजार बढी संक्रमित

कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो, ४४ हजार बढी संक्रमित

सुनाखरी न्युज/ काठमाडौँ – चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७ पुगेको हो । सीएनएनले जनाए अनुसार १ हजार १ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् ।

 

हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन् । योसँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको जनाइएको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को एउटा टोलीले चीनमा उपचार तथा संक्रमणको रोकथामका लागि खटिएको छ । अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो ।

Share this news: