२०७६ फाल्गुन १७ , शनिवार

विद्युत महशुल समायोजन गरिँदै, अवदेखि मौसमी मुल्य निर्धारणगरी दुइथरी दर कायम हुने (मुल्यसूचि सहित)

NEA#

विद्युत महशुल समायोजन गरिँदै, अवदेखि मौसमी मुल्य निर्धारणगरी दुइथरी दर कायम हुने (मुल्यसूचि सहित)

सुनाखरी न्युज/
काठमाडौं-
विद्युतको महसुल सिजनल (मौसमी) रुपमा तोकिने भएको छ । प्राधिकरणले हालै विद्युत निययन आयोगमा नयाँ महसुल दरको प्रस्ताव गरेको छ ।

सरकारले हिउँदमा भन्दा वर्षामा विजुलीको मूल्य सस्तो हुने गरी स्मार्ट मिटर (थ्रीफेज) जोडेकाहरुलाई यस्तो सुविधा दिन प्रस्ताव गरेको हो ।

घरेलु ग्राहककोमा यो खालको व्यवस्था गर्न तत्काल सम्भव नहुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । घरेलु ग्राहककोमा स्मार्ट मिटर नभएकाले यसरी समय अनुसारको महसुल तोक्न सक्न अवस्था नभएको उनको प्रष्टीकरण छ । काठमाडौंमा बल्ल पहिलो फेजमा करिब १लाख घरेलु स्मार्ट मिटर जोड्न पाइलट प्रोजेक्ट सुरु गरेको छ ।

 

वैशाखदेखि मंसिरसम्म देशभित्र विजुलीको उत्पादन बढी हुन्छ । वर्षायाम हुने र नदीमा पानीको सतह पनि बढ्ने भएकाले यो सयममा भारतबाट विजुली आयात गर्नुपर्ने अवस्था छैन । यो समयमा टीओडी मिटर जोड्नेहरुले हिउँदको भन्दा सस्तो विजुली पाउनेछन् ।

प्रस्तावअनुसार वैशाखदेखि मंसिरसम्मका हरेक दिनलाई ३ खण्डमा विभाजन गरेर बिलिङ गरिनेछ । साँझ ५ बजेदेखि राती ११ बजेसम्मलाई ‘पिक समय’ (बढी विजुली माग र खपत हुने समय) समय’, राती ११ बजेदेखि हिवान ५ बजेसम्मलाई ‘अफ पिक समय’ ९कम माग र खपत हुने समय० र विहान ५ बजेदेखि साँझ ५ बजेसम्मलाई ‘अन्य समयमा विभाजन गरी टीओडी मिटर धनीलाई महसुल फरक-फरक तोक्न लागिएको हो ।

मुल्यसूचि

Share this news: