२०७६ फाल्गुन १३ , मंगलबार

अख्तियारका आयुक्तहरूमाथि महाअभियोग लगाउन सांसद गिरीको माग, उनी भन्छिन्ः काँग्रेसले नै सरकारसँग लेनदेन गरेर महाभियोग नलगाएको त होइन ?

sarita-giri

अख्तियारका आयुक्तहरूमाथि महाअभियोग लगाउन सांसद गिरीको माग, उनी भन्छिन्ः काँग्रेसले नै सरकारसँग लेनदेन गरेर महाभियोग नलगाएको त होइन ?

सुनाखरी न्युज/
काठमाडौँ — समाजवादी पार्टीकी सांसद सरिता गिरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूविरुद्ध प्रतिपक्षी कांग्रेसलगायतका दलहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले संवैधानिक आयोगले गर्नुपर्ने कार्य गर्नबाट चुकेको बताउँदै महाभियोग लगाउनुपर्ने माग गरेकी हुन्।

‘संविधानको धारा १०१ को उपधारा २ ले एक चौथाइ सांसदले अख्तियार प्रमुख र सदस्यहरूले ठीकसँग काम नगरेको खण्डमा महाभियोग प्रस्ताव दर्ता गराउन सकिन्छ भनेर अधिकार दिएको छ। प्रतिपक्षीले महाभियोग प्रस्ताव दर्ता किन गर्न सकेको छैन,’ कांग्रेसका नेताहरूले सरकारसँग साँठगाँठ गरेको आशंका गर्दै उनले थपिन्, ‘प्रमुख प्रतिपक्षले लेनदेन गरेर महाभियोग नलगाइरहेको हो ?’

ललिता निवासको जग्गा किन्‍नेलाई मुद्दा नलगाएर अख्तियारले गैरसंवैधानिक काम गरेको गिरीको भनाइ थियो।

जग्गा दलाल शोभाकान्त ढकाललगायतमाथि मुद्दा चल्छ भने यी सर्वोच्चका न्यायाधीश र नेकपाका ठूला नेताका छोरामाथि किन मुद्दा नचलेको भनेर गिरीले प्रश्न गरेकी छन्।

Share this news: