२०७६ फाल्गुन १३ , मंगलबार

पर्यटन व्यावसायीका छाता संगठनद्धारा ‘लभ डायरीज’ फिल्म हेर्ने घोषणा

Capture

पर्यटन व्यावसायीका छाता संगठनद्धारा ‘लभ डायरीज’ फिल्म हेर्ने घोषणा

सुनाखरी न्युज/ काठमाडौं – सुशिल श्रेष्ठ, रुबिना थापा र बिश्वजित रिमाल अभिनीत ‘लभ डायरीज’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै फिल्मका बारेमा जानकारी दिन हिजो गोकर्ण हाउस रिर्सोट क्षेत्रपाटीमा पर्यटन व्यावसायी तथा पत्रकारहरुसँग भेटघाट कार्यक्रमका सहभागीहरुले निर्माता बिनोद सापकोटाले पर्यटन क्षेत्रको साख बृद्धि गरेको बताएका छन । बिनोद पर्यटन क्षेत्रकै नक्षत्रका रुपमा बहुप्रतिभाशाली व्यक्तित्व रहेको भन्दै पर्यटन व्यावसायीहरुले पर्यटन क्षेत्रको तर्फबाट चलचित्र निर्माता बनेका सापकोटा समग्र पर्यटन क्षेत्रकै गौरब भएको बताए ।

 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमला, युवा पर्यटन व्यावसायी तथा नेकपाका उद्योग व्यावसायी बिशेष जिल्ला कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स९नाट्टा०का अध्यक्ष अच्यूत गुरागाँई, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, युवा पर्यटन व्यावसायी तथा टानका पूर्व कोषाध्यक्ष अञ्जन थापा कुमार, बरिष्ठ पर्यटन व्यावसायी केशब पाण्डे र राष्ट्रिय पर्यटन पत्रकार संघ –नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारी अबिरल लगायतले बिनोद सापकोटाको कार्यको प्रशंसा गर्दै यो चलचित्रको प्रोमोसनको लागि आफू र आफ्नो संस्थाको तर्फबाट हरसंभव रुपमा लागिपर्ने बताए । उनीहरुले सम्पूर्ण पर्यटन व्यावसायीहरुलाई यो चलचित्र हेर्नको लागि पनि आह्वान गरेका छन ।

 

फेब्रुअरी १४, भ्यालेन्टाईन डेका दिनबाट नेपाल अधिराज्यभरका चलचित्र भवन र अष्ट्रेलियाको मेलबर्नमा समेत एकसाथ रिलिज हुने यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ । निर्माता बिनोद सापकोटाले चलचित्रमा प्रेम, बिछोड र हास्यव्यंग्यको त्रिकोणात्मक प्रश्तुती रहेको भन्दै दर्शक श्रोताको मनमा बस्ने चलचित्र बनेको बताए । युवापुस्ताको प्रेम सम्बन्धलाई गहिरो रुपमा प्रश्तुत गरिएको चलचित्र परिवारका बिचमा बसेर हेर्न सकिने किसिमले निर्माण गरिएको बताए । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा रहेका छन ।

 

जो चलचित्रको ट्रेलर निर्माणमा ख्याति कमाएका व्यक्ति हुन । विगतमा चलचित्र भन्दा फरक क्षेत्रमा क्रियाशिल भएको भएपनि आफ्नो श्रृजनात्मक सोचलाई चलचित्र मार्फत प्रश्तुत गरेको भन्दै निर्माता सापकोटाले चलचित्रले सबैको मन जित्नेमा आफू विश्वस्त रहेको बताए । निर्माता सापकोटाले सम्पूर्ण ट्राभल ट्रेडमा आवद्ध व्यावसायी तथा शुभचिन्तकहरुलाई हलमा उपस्थीत भएर आफू र आफ्नो टिमको हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध समेत गरेका छन ।

Share this news: