२०७६ फाल्गुन १७ , शनिवार

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको संयुक्त रुपमा घुम्ति बीमा सेवा कार्यक्रम संचालन

Capture

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको संयुक्त रुपमा घुम्ति बीमा सेवा कार्यक्रम संचालन

सुनाखरी न्युज/ काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स क.लि. र एभरेष्ट इन्स्योरेन्स क.लि.ले संयुक्त रुपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्घारा जारी शाखा रहित घुम्ति बीमा सेवा सम्बन्धि मार्ग दर्शन २०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरु लाई घरदैलोमा नै बीमा सेवा प्रदान गर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक भव्य समारोहका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनता माझ सरल रुपमा जानकारी गराई बीमा सेवा उपलब्ध गराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जीवन तथा निर्जिवन बीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारण व्यक्तभएको थियो ।

 

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइमलाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्व वारे आफ्नो धारण व्यक्त गर्नु भएको थियो ।

Share this news: