२०७६ फाल्गुन १३ , मंगलबार

साताको पहिलो दिन यस्तो छ सेयर बजार (अपडेट)

साताको पहिलो दिन यस्तो छ सेयर बजार (अपडेट)

सुनाखरी न्युज/
काठमाडौं –
साताको पहिलो दिन आइतबार सेयर बजार केही सुस्त देखिएको छ । नेप्से सूचकले सामान्य दबाब सामाना गरिहँदा खरिदबिक्री रकम माहोल जारी छ । पछिल्ला दिनहरुको तुलनामा केही कम भएपनि समग्रमा कारोबार रकम राम्रो छ । आइतबार यो समाचार तयार पार्दासम्म ९१ः५० बजे० नेप्से १० अंक आसपासमा घट्दा ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । छोटो समयमा बजार राम्रोसँग बढेकाले केही करेक्सन हुन्छ कि भन्ने कतिपयलाई लगानीकर्ताले अनुमान गरेका छन् । जसका कारण खरिदबिक्री रकम पछिल्ला दिनहरुको औसतको आधारमा थोरै कम देखिएको हो । तथापि, बजार घट्दा पनि थोरै घटाएर किन्न चाहनले लगानीकर्ता पर्याप्त देखिएका छन् ।

 

 

ब्रोकरहरुका अनुसार घटेका बेला केही सस्तो मूल्यमा किन्न चाहने लगानीकर्ता प्रशस्त छन् ।जसका कारण खरिदबिक्री रकम केही घटे पनि औसतमा नराम्रो छैन । पछिल्ला दिनहरुमा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई सेयर कर्जा प्रवाहमा जोड दिएका छन् । बैंक ब्याजदर घट्दो क्रममा देखिएको छ । अन्य क्षेत्रको कर्जामा कडाई भएकाले वित्तीय संस्थाहरु सेयर धितो कर्जातर्फ नै आकर्षित भइरहेका छन् ।जसका कारण लगानीकर्ताले सजिलै कर्जा पाउन सक्ने अवस्था छ । यसर्थ, बजार त्यति धेरै तल नजाने लगानीकर्ताको आँकलन छ । तथापि, बजारको प्रवृत्तिका बारेमा ठोकुवा गर्न नसकिने भएकाले लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छान्नुपर्छ ।

Share this news: