२०७६ फाल्गुन १७ , शनिवार

सुनको मूल्यमा ४०० ले वृद्धि

Gold#

सुनको मूल्यमा ४०० ले वृद्धि

सुनाखरी न्युज / काठमाडौँ –  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य आइतबार ७६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि शुक्रबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघ अनुसार आइतबार चाँदी अघिल्लो कारोबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेर ८८० रुपैयाँमा कारोबार भएको ले जनाएको छ ।

Share this news: