२०७६ फाल्गुन १२ , सोमवार

टाटा मोटर्सको पर्शा र चितवनमा नयाँ शोरुम

New Showroom in Chitwan

टाटा मोटर्सको पर्शा र चितवनमा नयाँ शोरुम

सुनाखरी न्युज/

चितवन-

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन् ।शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ् डिरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्शामा खोल्न पाँउदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाँउदा आफू खुशी भएको बताउनुभयो ।

 

त्यसैगरी सिप्रदी ट्रेडिंगका डिलर डेभलपमेन्ट म्यानेजर गोबिन्द घिमिरे, कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छ ।

Share this news: