२०७६ फाल्गुन १२ , सोमवार

कुखुराको मासु प्रतिकेजी ४१० देखि ४२० रूपैयाँ सम्म

Capture

कुखुराको मासु प्रतिकेजी ४१० देखि ४२० रूपैयाँ सम्म

 

सुनाखरी न्युज / पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेको कुखुराको मासु अहिले प्रतिकेजी ४१० देखि ४२० रूपैयाँसम्म पर्छ। माघ पहिलो हप्तासम्म मासु प्रतिकेजी २८० देखि ३०० रूपैयाँसम्म थियो । दोस्रो हप्ता ३६० देखि ३७० सम्म पुग्यो । तेस्रो हप्ता आइपुग्दा ४१० देखि ४२० रूपैयाँसम्म पुगेको मार्टका व्यवस्थापक  चौधरीले बताए । तीन सातामै १ सय ३० रूपैयाँले मूल्य बढेको छ । मासुको मूल्य वृद्धिमा आफ्नो हात नहुने उनी बताउँछन् ।

ग्राहक हामीले नै मूल्य बढाए जसरी रिसाउँछन् । हामीले मूल्य वृद्धि गर्ने होइन, हामीले कोल्ड स्टोरबाट किनेर ल्याउने हो। उनीहरूले नै बेच्ने मूल्य निर्धारण गरिदिन्छन्। । हामीले पर्ने मूल्यमा ३०–३५ रूपैयाँ नाफा राखेको हुन्छ’, उनले भने।

काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो । मङ्सिर २९ देखि पुस ८ गतेसम्म ह्याचरी उद्योग संघले चल्ला उत्पादन नगर्ने घोषणा गरी करिब ५० लाख चल्ला र ५० करोड मूल्य बराबरको अण्डा नष्ट गरेका थिए । १० दिनमा हुने करिब ६० लाख चल्ला उत्पादन नभएपछि बजारमा मासुको कृत्रिम अभाव सिर्जना भई मूल्य बढेको जानकारहरू बताउँछन्।

 

Share this news: