२०७६ फाल्गुन १७ , शनिवार

सेयर बजारमा नेप्से २१ अंकले छलाङ, २ अर्ब ७ करोडको सेयर कारोबार, जीवन बीमा र व्यापार वाहेक सबै सूचक हरियो

सेयर बजारमा नेप्से २१ अंकले छलाङ, २ अर्ब ७ करोडको सेयर कारोबार, जीवन बीमा र व्यापार वाहेक सबै सूचक हरियो

सुनाखरी न्युज/
काठमाडौं –
सेयर बजार परिसूचक नेप्से २१ अंकले बढेको छ। सेयर बजारमा यो सुधारसँगै नेप्से परिसूचक १३ सय ४६ अंकमा कायम भएको छ। साताको पहिलो दिन आइतबार २ अर्ब ७ करोड ७९ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भयो। करिव १ सय ७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता शेयर कारोबार भयो। आइतबार जीवन बीमा र व्यापार समूह बाहेक कारोबार भएका सबै समूहमा सुधार देखियो। निर्जीवन बीमा समूह सबैभन्दा बढी १ सय १ अंकले बढेको छ।

उत्पादनमूलक ४७, विकास बैंक २८, बैकिङ्ग २७, लघुबित्त २२, होटल ८, बित्त ४, जलविद्युत र अन्य समूह ३र३ अंकले बढेका छन्। सूर्य लाईफ इन्स्योरेन्स १० करोड ११ लाख ४ हजार ९ सय ६७ रुपैयाँ सहित कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ।ग्रामिण बिकास लघुबित्त बित्तीय संस्था, एनआइसी एशिया बैंक,प्रभु बैंक,हिमालयन डिष्टिलरी,नेपाल लाईफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट, ग्लोवल आइएमइ बैंक र प्रभु इन्स्योरेन्स क्रमश पछ्याएका छन् । ग्रामिण विकास लघुबित्त बित्तीय संस्थाले सबैभन्दा धेरै कमाएको छ भने गुहेश्वरी मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

Share this news: