२०७६ फाल्गुन १७ , शनिवार

छोरा बढे पछी देश छोड्ने चलनको अन्त्य कहिले

Capture

छोरा बढे पछी देश छोड्ने चलनको अन्त्य कहिले

सागर पौडेल-  सानैमा सोच्ने गर्थे हवाईजहाजमा चढेर आकासमा उढ्न कति मजा होला अहिले बल्ल बुझ्दै छु हवाईजहाजमा रहरले होइन, बाध्यताले उढ्नु पर्दो रहेछ । कुनै कथा लेखेको छैन कुनै रोमान्टिक कुरा पनि लेखेको छैन जे देखे त्यै लेखेको छु । कुनै दिन निकै रमाइलो लाग्थ्यो एरपोर्ट पुगेर फोटो खिच्ने अनि फेसबूक भरी पोस्टाउने त्यस्तै सोच लिगेर दाइ लाई लिन म पनि एर्पोट गएको थिय मन भरी तै फोटो ले भरिसकेको थियो तेतिकै मा मेरो नजर एक वृद्ध बुवा उमेर ले ६५ बर्ष कटे जस्तो देखिनुहुने एउटा खुट्टामा फाटेको चप्पल अनि झुत्रो कपडा लगाएर हेर्दा १८ बर्ष देखिने भर्खर दारी आउन रेखी बसेको छोराको सानो कपडाको पोको बोकेर आउनु भएको थियो मेरो मनमा बिस्तारै कुरा खेल्न थाल्यो कस्लाई विदाई गर्न आएका होला बिचरा उमेर छैन बुढा भएका बाउ के गरेको होला !!!

 

फेरि अर्को मनले सोच्यो नेपालमा के नै छ र हामी गरिब जानी भनेको अन्तिम बिकल्प त त्यै साउदी कतार लेखेको हवाइजहाजमा त रै छनी नि ! त्यस्तै ती बुढा बा ले छोरा लाई अगालो हाल्दै आँखा भरी आँसु टिलपिल पार्दै काम राम्रो सङ गर्नु खाना टाइममा खानु मेरो पिर नगर्नु स्वास्थ्यको ख्याल गर्नु यस्तै नानाथरी भन्दै छोरा लाई विदाई गरे । मेरो नजर त्यै वृद्ध बा प्रती गएको थियो । छोरा लाई विदाई गरे पछी पानी खादै बिचरा बा आफ्नो कोठा तिर गए । मेरो मनमा भने नानाथरी कुरा खेलिरहेको थियो । अब वृद्ध बा को सास छोराले देख्न पाउला त ? बाउ ले छोराको बेदेशी पैसाले नयाँ कपडा फेर्न पाउलान त ?

 

मैले त यो एउटा बुवाको देखे र भने कयौ जना हुनुहुन्छ उहाँ जस्ता कतिले हसिलो मुहारमा देख्न पाउनु हुन्छ तर कति आउदा आँसु भरी आसु ११ कहिले अन्त्य होला आकास मा जाने र बाकसमा आउने चलन नेपालमा, सरकार विरुद्ध पनि केही बोल्न मिल्दैन डर लाग्छ केही गरौ भने गरि खान दिदैनन केही गरौ भने लगानी शन्यू सरकार सङ मेरो एउटा मात्र माग कयौ युवा लाई बिदेशी हुन बाट रोक्न सक्छौ भने मात्र देश बिकास हुन्छ नत्र सबै सपनी देखे जस्तै हुन्छ ।

Share this news: