२०८१ बैशाख ७ , शुक्रवार

बिपरजोय चक्रवात आगामी २४ घण्टामा अझै तीव्र हुने

सुनाखरी न्युज/ नयाँ दिल्ली ।
बिपरजोय चक्रवात आगामी २४ घण्टामा अझै तीव्र हुने  भारतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा आएको यो शक्तिशाली आँधीका कारण आज गुजरातको तटीय क्षेत्रमा यसको प्रभाव देखिएको छ । वलसाडको समुन्द्री किनारमा शक्तिशाली छालहरू उठिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार वलसाडका तहसिलदार टीसी पटेलले तिथल तटलाई पर्यटकहरूका लागि जुन १४ सम्म बन्द गरिएको छ। जुन १४ सम्म सौराष्ट्र-कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

अर्कोतर्फ, गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ। गुजरातको हालको अवस्था अनुसार चक्रवातको प्रत्यक्ष खतरा नरहेको तर स्थिति बदलिएमा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

मौसम विभागको मौसम मोडेलका अनुसार यो आँधी गुजरात हुँदै पाकिस्तानको तटतिर जाने सम्भावना छ । ईसीएमडब्लूएफको मौसमी मोडेलले चक्रवात पाकिस्तानको तट र गुजरातको तट तर्फ सरेको देखाउँदै छ, अर्थात् यो सम्पूर्ण गुजरात हुँदै जानेछ।