२०८० चैत्र १६ , शुक्रवार

कोठालाई चिसो गर्ने इनडोर प्लान्टहरु

सुनाखरी न्युज / काठमाडौं –  कोठाभित्र बसेर पनि मानिसले गर्मीबाट राहत पाउन सकेका छैनन् । एसी चलाएर घर चिसो पारिरहेका छन् तर बिजुलीको महसुल बढ्ने चिन्ता पनि छँदै छ । तर यहाँ यस्ता केही प्राकृतिक तरिकाहरू छन्, जसको मद्दतले तपाईं आफ्नो कोठाको तापक्रम घटाएर ताजा महसुस गर्न सक्नुहुन्छ । यस्ता केही रूख वा बिरुवाबारे जानकारी दिँदै छौँ जसले आफ्नो वरिपरिको तापक्रमलाई सजिलै घटाउने काम गर्छ ।

– गोल्डेन पोथोज पनि हावालाई चिसो पार्ने निकै प्रभावकारी बोट हो ।जसले हावाबाट धुलो  र कार्बनलाई छिटो फिल्टर गर्ने काम गर्छ -बेबी रबर प्लान्टले वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडलाई सजिलै सोस्ने गर्छ र अक्सिजनको मात्रा बढाउँछ । यसका कारण  गर्मीको स्तर स्वतः घट्न थाल्छ ।

-फाइकस ट्री  प्लान्टले कोठाको मोइस्चरलाई बढाउँछ र हावालाई शुद्ध राख्छ ।

 

– स्नेक प्लान्ट हावालाई फ्रेस राख्ने काम गर्छ भने अक्सिजनको मात्रा बढाउँछ । जसले आसपासको तापक्रमलाई तीव्र रूपमा कम बनाउँछ ।

– एलोभेराले हावाबाट विषाक्त पदार्थहरू हटाउन र अक्सिजन स्तर बढाउन द्रुत रूपमा काम गर्छ । त्यसैले यसले प्राकृतिक रूपमा  कोठालाई चिसो बनाउन सक्छ ।