२०८१ बैशाख १३ , बिहिवार

ठमेलमा डेरा गरी बस्ने २६ वर्षीया युवतीको हत्या

सुनाखरी न्युज /  काठमाडौं– काठमाडौं महानगरपालिका–२६ ठमेलमा एक युवतीको हत्या भएको छ । ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

 

हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको छ ।

 

उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।