२०८० चैत्र १६ , शुक्रवार

हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

सुनाखरी न्युज/ काठमाडौँ । सफ्टवेरिका कलेज अफआईटीएण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलता लाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ ।

यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू प्रयोग गरी विश्वव्यापी चुनौतीहरू लाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई एकसाथलिएर आएको थियो। यस कार्यक्रमका, विजेताटोलीले आफ्नो सामाजिक उद्यम शुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सीड फन्डिङ अन्तर्गत एकमिलियन प्राप्त गरेका छन् । क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज२०२२–२३ कालागि प्रेरणादायी कार्यक्रमहरुको आयोजनागरेको थियो । जसमा ३० भन्दा बढी टोलीले भागलिएका थिए, जसमा १० भन्दा बढी नेपाली उद्यमीहरू सहभागीथिए । कार्यक्रममा उनीहरुले आफ्ना अमूल्य परामर्श र सल्लाहप्रदान गरेका थिए । एक कठोर मूल्याङ्कन प्रक्रिया पछि, पाँच टोलीहरू अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका थिए ।

 

मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरूमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीहरूलाइ आफ्नो अवधारणाहरु प्रस्तुतगर्न एक अन्तर्राष्ट्रिय मञ्चप्रदान गरेको थियो । कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरू वसन्तअधिकारी, अनिशामल्ल, गरिमाश्रेष्ठ र सहर्ष केसी सम्मिलित‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’अवधारणा प्रस्तुत गरेकाथिए । उनीहरूको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई प्रविधिको प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो । उनीहरूको विचार लक्षितबजारलाई अपसाइक्लिंग र रिसाइक्लिंग जस्ता सेवाहरू प्रदानगर्न बाटो विस्तार गर्नेछ । उनीहरूको कोसिस–सिर्जना, परम्परा, सशक्तीकरण र दिगोपना प्रतिको गहिरो श्रद्धाबाट प्रभावित थियो ।

 

सफ्टवेरिका कलेजको हल्ट प्राइजले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरूको दिगो समाधान लाई बढावा दिन एउटा संस्थानको समर्पण देखाउँदछ। यस प्रतियोगिताले युवा सामाजिक उद्यमीहरूका लागि मञ्च प्रदान गरी परिवर्तनकारीहरूको अर्को पुस्तालाई सशक्तबनाउन महत्पूर्ण भूमिका खेल्दछ । यस कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै विद्यार्थीहरूको लागि प्रायोजित गरेको छ ।