२०८० चैत्र १५ , बिहिवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी पक्षका कानुन व्यावसायीले बहस सुरु गर्ने

सुनाखरी न्युज/ काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यावसायीले बहस गर्ने भएका छन् ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहस अन्तर्गत सरकार पक्षको बहस मंगलबार सकिएपछि बुधबारबाट प्रतिवादीको बहस हुन लागेको हो । बुधबार सुरुमा पीडित पक्षका वकिलहरुले बहस गर्ने र त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । गत आइतबार सरकारी वकिलको तर्फबाट महेश खत्रीले बहस गरेकोमा सोमबार र मंगलबार सीताराम अर्याल, जनक घिमिरे, , प्रकाश घिमिरे, दिनेश भट्टराईले लगायतले बहस गरेका थिए ।

 

थुनछेक बहस सकिएपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश हुनेछ । जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्चसम्म जान पाउने छन् । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् भने अझै १२ जना फरार छन् । न्यायाधीश न्यौपानेले वादीतर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट बहसका लागि ६ दिनको समय छुट्याउनु भएको छ ।