२०८० चैत्र १६ , शुक्रवार

प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित, राष्ट्रिय सभोका वैठक पनि रोकियो

सुनाखरी न्युज/ काठमाडौं ।

संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो ।

 

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न सकेन ।