२०८० चैत्र १५ , बिहिवार

१० फिल्म, जसले जित्न सक्छन् ओस्कार अवार्ड

सुनाखरी न्युज/ काठमाडौं । प्रतिष्ठित भेराइटी म्यागजिनले सन् २०२४ को ओस्कार अवार्डका लागि प्रक्षेपण थालेको छ । सर्वश्रेष्ठ फिल्म विधाको प्रक्षेपण मनोनयन प्रस्तुत गर्दै भेराइटीले १० फिल्मलाई बलियो दाबेदारको रुपमा पेश गरेको छ । आगामी ओस्कारका लागि यो पहिलो प्रक्षेपण हो ।

 

सूचीमा नेटफ्लिक्सको फिल्म ‘माएस्ट्रो’, एप्पल र प्यारामाउन्टले निर्माण र मार्टिन स्कोरसिजले निर्देशन गरेको ‘किलर्स अफ द फ्लावर मुन’, अमेजन स्टुडियोको ‘साल्टबर्न’, युनिभर्सल पिक्चर्सको ‘ओपनहेइमर’, वार्नर ब्रोजको ‘ड्युन : पार्ट २’, फोकर्स फिचर्सको ‘द होल्डओभर्स’, ए ट्वान्टी फोरको ‘द जोन अफ इन्ट्रेस्ट’, ‘अनाटोमी अफ अ फल’, नेटफ्लिक्सको ‘माइ डिसेम्बर’ र सोनी पिक्चर्सको ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’ छन् । यीमध्ये अधिकांश फिल्मको विश्व प्रिमियर कान्स फिल्म फेस्टिभलमा भइसकेको छ ।

 

अमेरिकाको ओसेज समुदायका बासिन्दाको श्रृंखलाबद्ध हत्याको यथार्थ कथावस्तुमा निर्माण भएको मार्टिन स्कोरसिज निर्देशित ‘किलर्स अफ द फ्लावर मुन’ यतिबेला चर्चामा छ । कान्समा गत साता प्रिमियर भएयता यो फिल्मलाई लिएर दर्शकमाझ व्यापक पर्खाइ छ । फिल्ममा लियोनार्दो डिकाप्रियो र रोबर्ट डी नीरोको शीर्ष भूमिका छ । चर्चित पियानोबादक लियोनार्दो बर्नस्टाइनको कथामा आधारित फिल्म ‘माएस्ट्रो’ यसै वर्ष प्रदर्शन तयारीमा छ । ब्राड्ली कुपरले निर्देशन गरेको यो फिल्मलाई कुपरसहित स्टिभन स्पिलवर्ग, मार्टिन स्कोरसिजले मिलेर निर्माण गरेका हुन् ।