२०८० चैत्र १५ , बिहिवार

इलिप्सको छात्रावासमा छात्र मृत भेटिएपछि ३ दिन देखि पठनपाठन ठप्प

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित म्हैपीको इलिप्स को छात्रावासमा छात्र मृत भेटिएपछि ३ दिनदेखि पठनपाठन ठप्प छ सोह्रखुट्टे प्रहरीले प्रिन्सिपल दीर्घहरि दाहाल, छात्रवास इन्चार्ज रायन सापकोटा र पुरुषोत्तम अधिकारीलाई अनुसन्धानका लागि नियन्त्रण लिएको छ ।

 

‘सुरुमा आत्महत्या भन्ने थियो, आफन्तले ज्यान कसुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । जेठ १६ गते मंगलबार राति घटना भएको विद्यालयका छात्रछात्राले बताए । छात्रवासमा बस्ने १३ वर्षीय अभिषेक तामाङ सुत्ने तले खाटको डन्डीमा झुन्डिएको अवस्थामा भेटिएका थिए । धादिङ घर भएका उनी कक्षा ५ मा पढ्थे ।

 

छात्रका आफन्तहरूले नक्कली आफन्त बनाएर अभिषेकको शव उठाएर सोही दिन राति नै अस्पताल पुर्‍याएको आरोप लगाएका छन् ।उनको आमा वैदेशिक रोजगारमा छिन् भने बाबुआमाको छोडपत्र भइसकेको थियो । विद्यालयले भने मृतकको दिदीको उपस्थितिमा शव उठाएको जनाएको छ । शव हेर्न हस्ताक्षर गराएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको पीडित पक्षको गुनासो छ । बालकको मृत्युपछि आफन्त, स्थानीयवासी, विद्यालयका विद्यार्थी र अभिभावकले प्रर्दशन गरेका प्रहरीले जनाएको छ । मृतककी आमा विदेशबाट फर्कने क्रममा रहेको आफन्तहरूले बताए ।

 

प्रर्दशनमा सहभागीहरूले छात्रावासमा बस्ने विद्यार्थीलाई कुटपिट र याताना दिने गरिएको आरोप लगाएका छन् । छानबिन र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । मृत बालकको खुट्टा र अनुहारमा समेत निलडाम रहेको आफन्तको दाबी छ । राति १२ बजे शौचालय सफा गर्न भुईंमा पोछा लगाउन लगाइन्थ्यो,’ एक छात्रले भने, ‘अभिषेकलाई पनि सरले दुईरतीन दिन अघि कुट्नु भएको थियो ।’ विद्यालयले भने छात्रले आत्महत्या गरेपछि प्रहरी र आफन्तकै उपस्थितिमा शव उठाएर अस्पताल लगिएको जनाएको छ । ‘