२०८० चैत्र १५ , बिहिवार

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन

सुनाखरी न्युज/ काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि ऊर्जा क्षेत्रको विकासका लागि सिंचाई, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । सरकारले उर्जा मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा २१ अर्ब रुपैयाँले कम विनियोजन गरेको छ । अर्थमन्त्री महतले सरकारले एक बर्षमा ९ सय मेघावाट विद्युत उत्पादन गरिने बताए ।

उनले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने बताए । उनले राष्ट्रिय प्रशारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको बिस्तार गरिने बताए । उनले एक वर्षभित्र नौ सय मेघावाट विद्युत राष्ट्यि प्रशारणमा थप गरिने बताए ।

उनले आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पु¥याइने बताए । उनले नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित १ सय ११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धिधत जलविद्युत र सोलार आयोजना सम्पन्न १ गरी आगामी आर्थिक वर्षमा करिव ९ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा थप गरिने बताए ।

उनले रणनीतिक महत्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ बताए ।