२०८१ बैशाख ७ , शुक्रवार

गणतन्त्र दिवसको अवसरमा अभियान लघुवित्तको भजनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/  कैलाली । अभियान लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय भजनी, कैलालीलीले गणतन्त्र दिवसकोको अवसरमा कैलाली जिल्लाको भजनी नपा ७, चर्रामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.
लालवोझि र चर्रा गाँउका संस्थामा आवद्ध महिला सदस्यहरु र अभिावकहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता श्री ममता चौधरी ले गर्नुभएको थियो, कार्यक्रममा पुर्व भलमन्साह श्री अनिकुमार कठरिया, अनुगमन प्रमुख मधु सुदन निरौला, शाखा प्रमुख कविराज भट्ट, कर्मचारीहरु समिता चौधरी, यज्ञ भण्डारी, हिरा पाण्डे र संस्थामा आवद्ध सदस्यहरु सहति करिव ३५ जनाको उपिस्थती रहेको थियो । कार्यक्रमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण अनुगमन प्रमुख निरोलाले दिनुभएको हुदै सदस्यहरुलाई कर्जा सदुपयोग गर्न र बचत गर्न प्रोत्साहित गर्नु भएको थियो ।

No description available.
उत्त कार्यक्रममा बोल्नुहुदै अभियान लघुवित्त भजनी शाखा का शाखा प्रबन्धक कविराज भट्टले संस्थाको परिचय, शाखाको गतिविधी, संस्थाको बचत सेवा र कर्जा सेवा वारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सहभागी सदस्यहरुले लघुवित्तका सदस्यहरु लाई आफ्नो आम्दानी बृद्धि गर्नको लागि व्यवसायीक कार्य गर्नु पर्ने जोड दिदै, कर्जा सदुपयोग गरि आफ्रनो आम्दानी बृद्धि गरि बचत बृद्धि गर्ने कार्य लाग्ने प्रतिबद्धता ब्यक्त गर्दे, संस्थाले सदस्यहरु लाई सिपमुलक तालिम दिन पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

No description available.
कार्यक्रमापुर्व भलमन्साह अनिकुमार कठरियाले वित्तीय साक्षरता कार्यक्रमले महिला दिदीबहिनीहरु लाई बचत बारेमा राम्रो संग बुझ्न मद्दत पुगेको र आगामी दिनमा यस किसिमको वित्तीयसाक्षरता कार्यक्रमलाई निरन्तरता दिने जोड दिनुभयो ।

No description available.