२०८१ बैशाख १२ , बुधवार

वृद्धवृद्धा भत्ता बढेन, ४ हजार नै निरन्तर

सुनाखरी न्युज/ काठमाडौं । सरकारले यसवर्ष सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । वृद्धवृद्धाले पाउँदै आएको ४ हजार निरन्तर रहने पाउने भएका छन् । ६८ वर्षमा सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बिनियोजन गरेको जानकारी दिए । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अर्व बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् ।

६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिँइदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरिएको छ । छात्रवृति, स्वास्थ्योपचार, स्वास्थ्य बीमा लगायतका क्षेत्रमा प्रदान गरिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिएको छ ।