२०८० चैत्र १५ , बिहिवार

मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक छः अर्थमन्त्री महत

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सवैको साथ आवश्यक भएको बताउनुभएको छ । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासंघसँगको प्रतिनिधीमण्डलसँगको भेटका उहाँले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढुनुपर्ने खाँचो औंल्याउनुभयो ।

त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गर्नुभयो । आफूले मुलुकको अर्थतन्त्रलार्य नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा व्रित्तर आर्थिक विकासगर्न कठीन नहुने बताउनुभयो ।

मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट आर्थिक विकासमा सुनचाँदखी ब्यवसायीको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष शाक्य सँगै उपाध्यक्ष द्धय विपिन रामुदामु र शिव कुमार सर्राफ लगायतको उपस्थिति थियो ।