२०८० चैत्र १६ , शुक्रवार

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

IPO

सुनाखरी न्युज/ काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आज चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ४९ हजार ४०० रुपैयाँ आईपीओ बिक्री गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

यसअघि यो कम्पनीरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरिसकेको छ। सर्वसाधारणका लागि खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।