२०८१ बैशाख १२ , बुधवार

सुन तोलामा ६ सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । शुक्रबार तोलामा १ हजारले बढेको सुनको मूल्य आइतबार प्रतितोला ६०० ले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।