२०८० चैत्र १६ , शुक्रवार

पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Corona

सुनाखरी न्युज/ काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।हाल देशभर १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको छ।

 

 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण विस्तारै उकालो लाग्न थालेको छ। यसअघि मंगलबार २४ जना कोरोना संक्रमित थपिएका थिए। त्यसअघि सोमबार ६९ जनामा कोरोना पुष्टि भएको थियो।