२०८१ बैशाख ६ , बिहिवार

नदी किनारका अनधिकृत बस्ती ७ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

शनिबार एक सूचना प्रकाशन गर्दै महानगरले  नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।